धरान: धरानको स्वर्णिम क्लब भारतको सिक्किममा आयोजना भएको सिक्किम स्टेट्स ओपन बास्केटवल प्रतियोगितामा च्याम्पियन भएको छ ।
आज भएको फाइनल खेलमा भुटानको टिमो ला क्लबलाई ६५-५५ स्कोरले हराउदै स्वर्णिम च्याम्पियन भएको हो । प्रतियोगिता सिक्किम बास्केटवल एशोसिएनको आयोजनामा भएको थियो । विजेता स्वर्णिमले भारु २० हजार पुरस्कार पाए । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर स्वर्णिमका अमृत कोइराला घोषित भए ।
प्रतियोगिता ६ तारिखदेखि आयोजना भएको थियो । प्रतियोगितामा भारतको १० वटा, भुटानको २ वटा र नेपालको एक गरी कुल १३ वटा टिम सहभागी भएको सहायक प्रशिक्षक युगल लिम्बूले जानकारी दिए ।स्वणिमको मुख्य प्रशिक्षक प्रेम तामांग र मेनेजर प्रभाकरराज गुरुंग छन् ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































