धरान : धरान–८ स्थित चारकोशे जङ्गलमा आज मङ्गलवार दिउँसो एक पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 
प्रहरीले मृत भेटिएको शव मोरङ विराटनगरका ५५ वर्षीय दधीराम घिमिरे भएको पुष्टि भएको जनाएको छ । प्रहरी अनुसार शव शिरिसको रुखमा प्लास्टिकको नाइलन डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हो । 
दिउँसो १ बजे मानिस झुन्डिएको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी तीनकुनेबाट प्रहरी सहायक निरीक्षक सन्तोष मिश्रको टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलमा आवश्यक प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक जीवन कुँवरको फरेन्सिक टोली पुगेको थियो ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि बिपी प्रतिष्ठान घोपा पठाइएको छ ।