धरान: एक महिना अघि सेउती खोलामा लगेर नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका धरान ५ देउरालीका १९ बर्षीय मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १८ गते साँझ ५ बजे बगरकोट घुम्ने बहानामा पीडितलाई बोलाएका राईले सेउती खोलाको जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए । त्यसपछि पनि विभिन्न ठाउँमा पीडितलाई लगेर राखेको र ४ दिन पछि २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडेर फरार भएका थिए । फरार राईलाई आइतबार धरान ५ बाट पक्राउ गरिएको र आज सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।