विर्तामोड: झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.९ मा पर्ने सहिद स्मृति उद्यानमा रहेको जलाशयमा विपद व्यवस्थापनबारे प्रयोगात्मक प्रर्दशनी भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्तरुपमा विपदको बेला कसरी धनजनको क्षती हुनबाट जोगाउन सकिन्छ ? भन्ने वारे प्रयोगात्मक कार्यक्रम गरेको हो । अन्तराष्ट्रिय विपद ब्यवस्थापन दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय झापाको पहलमा सप्ताहब्यापी कार्यक्रमकोरुपमा असोज २६ गते देखि निरन्तर विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको छ ।

आमनागरिकहरुलाई सु–सुचित गराउने साथै विपदको समयमा बाढीबाट बच्नका लागि स्थानियस्तरमा प्राप्त हुने सामग्रीहरु, डोरी, केराको बोट, प्लाष्टिकको बोतल, गाडीको ट्युव, ड्रमलगायतका सामग्रीबाट बनेका सुरक्षाका सामग्रीहरु प्रयोगको विधि साथै विभिन्न रेस्क्युका सामग्रीहरुको प्रयोग गरी डेमोस्ट्रेसन गरिएको थियो ।

bipad

कार्यक्रम सप्ताहब्यापीरुपमा निरन्तर सञ्चालन हुने जनाइएको छ । कार्यक्रममा झापा जिल्ला क्षेत्र नं. २ का प्रदेशसभा सदस्य माननिय विर्ख प्रधान, नेपाली सेना चारआली ब्यारेकका प्रमुख सेनानी श्री मुकहाङ्ग याक्थुम्बा,अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानामगर, प्रमुख जिल्ला अधिकारी उदय रानामगर लगायत विभिन्न राजनितिक दलका प्रतिनिधी साथै स्थानिय नागरिकहरु, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।