इटहरी: निवर्तमान सभामुख कृष्णबहादुर महराको समाचार लेख्ने पत्रकार अजयबाबु सिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले आज एक विज्ञप्ती जारी गर्दै महराले महिला कर्मचारीमाथि गरेको यौन दुव्र्यवहारको घटना सार्वजनिक गर्ने पत्रकार सिवाकोटी असुरक्षित रहेकाले तत्काल उनलाई सुरक्षा दिन माग गरेका छन् । बिज्ञप्तीमा युनियनका केन्द्रीय महासचिव तथा हाम्रो कुरा डटकमको प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सुरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ । शिवाकोटीले तत्कालिन सभामुख महराको यौन कर्तुत बाहिर ल्याएकै भरमा सुरक्षा थ्रेड बढेको भन्दै तत्काल सुरक्षा ब्यवस्था नमिलाए आँफूहरु कडा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































