इटहरी : बिश्वआदर्श कलेज उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी स्थित डिभिएम स्कूल मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिश्वआदर्शले सीबी कलेजलाइ १ सय ३० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ५७ रनको योगफल खडा गरेको थियो । जसमा म्यानअफ द म्याच भुपाल लुइटेलले नटआउट ७३ रन बनाएर ४ विकेट लिदा बिकल्प आचार्यले २२ रन बनाउनुका साथै २ विकेट लिए । १ सय ५८ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको सीबी कलेजले १२ ओभर खेल्दै २७ रनमा अलआउट भयो ।

बिश्वआदर्शले उपाधीका लागी बुधबार बिहान धरान आदर्श उच्च माबि र कोशी सेन्टजेम्स उच्च माबि बिच हुने अन्तिम सेमिफाइनल खेलको बिजेतासंग बिहिबार उपाधीका लागी प्रतिष्पर्धा गर्ने ब्यवस्थापक एवंम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए ।