इटहरी : इटहरी उपमहानगरपालिका भित्रका २१ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन नबुझाएको भन्दै सचेत गराएको छ ।

कानुन अनुसार साधारण सभा भएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भए पनि सहकारी संस्थाले अटेरी गरेको भन्दै उपमहानगरले खबरदारी गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन हालसम्म पनि पेस नगरेको हुँदा जेठ १७ गतेभित्र बुझाउन निर्देशन दिएको छ । सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सूचना प्रकाशित गर्दै कानुनी कारबाहीको चेतावनी दिएका छन् ।

Itahari-Sahakari-1Itahari-sahakari-2