धरान : भिभोले नयाँ वर्षको उपलक्ष्यमा वैशाख १ गते आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाइट बजारमा ल्याएको छ ।

३३,९९९ रुपैयाँ बजार मूल्य रहेका भिभो भी ३० लाइट वैशाख २ गते देखि सबै भिभोको आधिकारिक रिटेल स्टोर र दराज अनलाइनमा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ वर्षको विशेष अवसरको रूपमा पहिलो २००० ग्राहकहरूले भी ३० लाइटको खरिदमा १ थान क्लिपबड्स उपहार पाउने समेत कम्पनीले जानकारी दिएको छ ।

आकर्षक स्टाईलको भिभो भी ३० लाइटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाइनको साथसाथै ८० वाटको फास्ट चार्जीङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ ।

डुअल स्टेरियो स्पिकर सेटअप, इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, सङ्गीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ । साथै, यसको अप्टिकल इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईँले सुविधा र सुरक्षा सुनिश्चित गर्दै, केवल आफ्नो औँलाको स्पर्शले फोन अनलक गर्न सक्नुहुन्छ ।

स्लीक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियम फिनिश प्रदान गर्दछ । चाहे तपाईँ ड्रीमी ब्रीज ग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याक यसको अद्वितीय सौन्दर्यताले  तपाईंलाई मोहित पार्दछ । क्रिस्टल ब्ल्याकमा, भी ३० लाइट केवल यसको ७।७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीज ग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ , जस्को ब्याक प्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमा गहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमा जादूको स्पर्श थप्दछ ।

भिभो भी ३० लाइटमा लूक मात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ तपाईँले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सक्नुहुन्छ । ८+८ जीबीको एक्सटेन्डेड ¥याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागि पर्याप्त ठाउँ प्रदान गर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले तपाईंको प्रतिदिनका कामहरूलाई सहजतासाथ निर्वाह गर्दछ ।

भिभो भी ३० लाइटमा थप, ठूलो ५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ मात्र ३० मिनेटमा तपाईंलाई ८०% पुनर्जीवित गर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईँले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनुुहुन्छ ।