विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण भएको छ। ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १-१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १-१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १-१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।