धरान : धरान १३ को फुस्रे स्थित सैनिक क्याम्पबाट कोरोना परीक्षण गरी कोरोना संक्रमित भएका सैनिकहरू ब्यारेक बसेका बसेका सैनिकहरू नभई सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेनटिनमा बसेकाहरू रहेको सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले जनाएको छ ।
मुख्यालयका अनुसार विभिन्न मिति र समयमा अहिले सम्म ८३ जना सैनिकमा कोरोना सङ्क्रमण भएको जनाएको छ । सैनिक ब्यारेकमा धेरै सैनिकमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि स्थानीयलाई त्रास सिर्जना भएकोले मुख्यालयले संक्रमित सैनिकहरू क्वारेनटाइनका रहेकाले त्रसित नहुन भनेको छ ।
सेनाको पूर्वी पृतना मुख्यालय अन्तरगत भदौ ११ गते ११ जना, भदौ १७ गते १२ जना, भदौ १८ गते १ जना र भदौ २० गते ५९ जना गरी ८३ जना सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू शान्ति सेना गएर आएका, बिदा, तालिम, सरुवा तथा अन्य कामको सिलसिलामा विभिन्न युनिटबाट आएका सैनिक र उनीहरूको परिवारका लागि सञ्चालन गरेको धरानको फुस्रे स्थित क्वारेनटाइनमा रहेका सैनिकमा सङ्क्रमण देखिएको हो । क्वारेनटाइनमा रहेका ९९ जनाको पिसिआर परीक्षण गर्दा ८३ जनामा पोजेटिभ देखिएको मुख्यालयले जनाएको छ । त्यहाँ रहेका बाँकी १६ जना सैनिकको रिपोर्ट भने नेगेटिभ आएको छ ।
पूर्वी पृतना मुख्यालयका अनुसार स्वदेश र विदेशका विभिन्न स्थानबाट प्रदेश नम्बर १ का विभिन्न युनिटका लागि आएका सैनिकहरूलाई धरानको क्वारेनटाइनमा राख्ने गरिएको छ । एक जना महिला सैनिकको बच्चा सहित संक्रमित भएका ८३ जना सैनिकलाई पूर्वी पृतना मुख्यालयद्वारा मोरङको याङ्गशिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा व्यवस्थित रूपमा सञ्चालित आइसोलेसन सेन्टरमा पठाइएको मुख्यालयले जनाएको छ ।
धरानको सैनिक क्वारेनटाइनमा रहेका संक्रमित वा अन्य व्यक्तिहरू यहाँ आएपछि बाहिरी व्यक्ति, समुदाय वा अन्य सैनिक ब्यारेकसँग सम्पर्क हुन नपाएकोले यसबाट समुदायमा सङ्क्रमण नफैलिएको र समुदाय त्रसित नहुन पनि पृतना मुख्यालयले आग्रह गरेको छ ।



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)






























































