इटहरी : कोरोना भाइरस महामारी नियन्त्रणको लागि प्रदेश एक सरकारले क्वारेन्टाइन निर्माण देखि राहत कोष निर्माण गर्न अन्य प्रदेशको तुलनामा अलि बढी विभिन्न पहलहरू गर्दै आएको छ ।
कोरोना महामारी बिरुद्द जुध्न प्रदेश सरकारले छुट्टै कोरोना सङ्क्रमित बिरामी उपचार गर्ने अस्पताल समेत बनाइसकेको छ । प्रदेशमा नै कोरोना टेस्ट धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भइसकेको छ भने विराटनगरमा छुट्टै ५० बेडको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पताल पूर्णरुपमा तयार गरिएको छ।
परीक्षण र उपचार स्थलको व्यवस्थापन गरिसकेको प्रदेश सरकारले सङ्क्रमितहरूलाई ट्रेस गर्न एप्लिकेसन निर्माण गरेको छ । एप्लिकेसनको माध्यमबाट कोरोना भाइरसको मानव चेन तोड्न सम्भावित सङ्क्रमित हुनसक्ने हरूको ट्रेस गर्नेछ।
'जनता सँग सरकार' नामक मोबाइल एप्लिकेसन कोरोना भाइरसको मानव चेन बन्न नदिन लागि लगातार आव्हान गरी सूचना आदान प्रदान गर्न बनाइएको मुख्यमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार किशोर सुबेदीले बताए ।
कुनै एक व्यक्तिमा सङ्क्रमण देखिएमा सो व्यक्ति सँग संसर्गमा रहेका सबैलाई ट्रेस गरेर सुरक्षित हुने अपेक्षा सुबेदीको छ।
एप्लिकेसनमा स्वास्थ्य सम्बन्धी गुनासो व्यक्त गर्ने,बिरामीलाई ट्रयाक गर्न सक्ने जस्ता प्रविधिहरू रहेका छन् । कोरोना र स्वास्थ्य सम्बन्धी अन्य तथ्याङ्क समेत एप्लिकेसन मार्फत सुसूचित गर्ने व्यवस्था छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































