इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीका पुर्व अध्यक्ष याम प्रधानको निधन भएको छ । बिहिवार बिहान ३ः३० बजे इटहरी स्थित निज निवासमा उनको निधन भएको हो ।
प्रेस स्वतन्त्र सेनानी समेत रहेका प्रधान रास्ट्रीय समाचार समितिमा लामो समयदेखि कार्यरत थिए । सुनसरी अग्रज पत्रकार उनी पत्रकारिताका गुरु समेत मानिन्थे । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपुरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए । प्रधान पछिल्लो पुस्तालाई नेतृत्व गर्ने सादगी पत्रकार रहेको खडाको भनाइ छ ।
उनको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठन लगायतले दुःखद भन्दै सामाजिक संजाल मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार महासंघ सुनसरी शाखा दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताए ।
प्रधानको बिहिवार बिहान ९ बजे गंगा जमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिएको छ । प्रधानका एक छोरी र एक श्रीमति छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        