वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन गर्न थाले पनि स्थानीय सेवा ग्राहीलाई नगर बाहिर जानू पर्ने बाध्यताको अन्त्य भएको छ । नगर अस्पताले मासिकरूपमा विशेषज्ञ डाक्टरहरू ल्याएर मोतिया बिन्दुको अप्रेसन गरी राखेको छ ।
चक्रघट्टिस्थित वराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित वराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । अस्पताले मोतिया बिन्दुको परीक्षण गर्ने र मोतिया बिन्दुको निःशुल्क रूपमा शल्यक्रिया अर्थात् अप्रेसन कार्य गरिएको छ ।
नियमित रूपमा निःशुल्क शिविर आयोजना गर्दै मोतिया बिन्दुको शल्यक्रिया गर्दै आएको नगरपालिकाले नगर अस्पताल मार्फत सुरु गरेको आँखा उपचार केन्द्रमा सञ्चालन गरेको अप्रेसन कार्यमा बिहीबार एकै दिन ४५ जना भन्दा बढिले मोतिया बिन्दुको अप्रेसन गरेको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।
वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा नगर अस्पतालमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
मोतिया बिन्दु लगायत आँखा सम्बन्धी रोग भएका नगर बासीहरूको सेवाकालागि आँखा उपचार केन्द्रको स्थापना र आर्थिक रूपमा विपन्न रहेका,अस्पताल भन्दा टाढा रहेर बसेका मानिसहरूको सेवा, सुबिधाकालागि निःशुल्क आँखा जाँच शिविर आयोजना गरी मोतिया बिन्दु रोगको निःशुल्क नगर अस्पतालबाटै शल्यक्रिया सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।