वराहक्षेत्र : नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजनमा वराहक्षेत्र १० नम्बर वडा कार्यालयलाई अक्सिजन कन्सटे्रटर उपलब्ध भएको छ । 

२ लाख ५० हजार मूल्य बराबरको उक्त कन्सटे्रटर बुधवार एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्रीलाई प्रकाशपुर युवा जमातका अध्यक्ष समेत रहेका नेपाली काँग्रेस वराहक्षेत्र १० का सह–सभापति तेजबहादुर गुरुङले हस्तान्तरण गरेका छन् ।

प्रकाशपुर युवा जमातको पहलमा स्थानीय राधा कटुवाल र मोरङ – सुनसरी सेवा समितिले उपलब्ध गराएको  ४० लिटरकोको अक्सिजन सहितको ५ थान सिलिन्डर, ३ थान अक्सिजन रेगुलेटर प्रयोग गरी वडावासीलाई सहजरुपमा अक्सिजन उपलब्ध गराउने उद्देश्य राखेर युवा जमातको अनुरोधमा नेपाली काँग्रेसका नेता , निर्वाचित सांसद समेत रहेका पूर्व अर्थ मन्त्रीको संयोजकमा सोयर एक्सन हङकङबाट अक्सिजन कन्सटे्टर प्राप्त भएको युवा जमातका अध्यक्ष गुरुङले बताए ।

साबिक प्रकाशपुरमा सबै घरमा सेनिटाइज र सक्रमितलाइ हौसला प्रदान गर्ने कार्य हालसम्म पनि निरन्तर रहेको जमातका अध्यक्ष गुरुङले बताए । वडामा रहेको भोलु बिस्टको चौतारोदेखि झाँगड टोलसम्मको ग्रामीण सडकलाई कालोपत्रे गर्ने बजेट समेत काँग्रेस नेता तथा सांसद कार्कीको पहलमा छुटिएको र चूडामणि चौक देखि मधुवनसम्मको सडक समेत कालोपत्रे गर्न हामी सबै लाग्नु पर्ने तथा वडामा १५ शय्याको  अस्पताल बनाउन वडा अध्यक्ष खत्रीलाई पहल गर्ने जमातका अध्यक्ष गुरुङले आग्रह समेत गरे ।

वडा कार्यालयको व्यवस्थापनमा र संरक्षणमा रहेर बिरामीहरूलाई  अक्सिजन उपलब्ध गराउन सामाग्री सहयोग जमातले गरिरहेको र यो कार्य भावी सन्ततिलाई प्रेरणा बन्ने वडाध्यक्ष खत्रीले बताए । उनले सबै मिलेर वडाको विकासमा हातेमालो गर्ने आफू कहिले बाधक नबनी संयोजकको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।