धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाइनल प्रवेश गरेको छ ।

बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमी फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले  हराउँदै फाइनलमा पुगेको हो ।

खेलको दोस्रो हाफमा नेपाल पुलिस रेड तर्फबाट २१ औ मिनेटमा नेपाल पुलिस रेडका विप्लव थापाले १ गोल,३५औँ मिनेटमा समीर राईले १ गोल, र ३६ औँ मिनेटमा विकास मगरले १ गोल गरे ।खेलमा सिद्धार्थको तर्फबाट थुप्रै गोल गर्ने प्रयास विपल भयो ।

खेलको म्यान अफ द म्याच पुलिसका विकास मगर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।

भोली बिहीबार हुने दोस्रो सेमिफाइनल खेल प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान  र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा मोरङबिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

nps