धरान : विद्यालयीय शिक्षाको आधारभूत तह कक्षा ८ को परीक्षा नतिजामा ३ दशमलव ६ देखि ४ जिपिएलाई देशभर गुणस्तर विन्दु कायम गरिएकोमा धरानका १७ संस्थागत निजी स्कुलको नतिजा शून्य रहेको छ ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखाको तथ्याङ्क अनुसार यसपाली धरानका संस्थागत निजी स्कुलहरूको नतिजा कमजोर देखिएको छ । धरानका कुल ६४ वटा संस्थागत निजी स्कुलहरूबाट कक्षा ८ को परीक्षामा कुल २ हजार २८३ जना विद्यार्थी सहभागी भएकोमा १ हजार ७५७ जना मात्र उत्तीर्ण भएका छन् ५२६ जना फेल भए ।
महाशाखा अनुसार उत्तीर्ण प्रतिशत ७६ दशमलव ९६ र अनुत्तीर्ण २३ दशमलव ०३९ प्रतिशत रहेको छ । धरानका सामुदायिक विद्यालयको नतिजामा भने अनुत्तीर्ण प्रतिशत ५९ दशमलव १३ रहेको छ । कक्षा ८ को नगर स्तरीय परीक्षा चैत ५ देखि १२ गते सम्म भएको थियो ।
गुणस्तर विन्दु ग्रेड वृद्धि तर्फ ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ३४१ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने ७८९ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ४९१ जना छन् । भने २ देखी २ दशमलव ४ जिपिए ल्याउने १४ जना, ० देखि १ दशमलव ६ जिपिए ल्याउने ५२६ जना रहेका छन् । विषय लाग्ने विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने छ, । ग्रेड वृद्धि परीक्षा वैशाख ६ गते देखि तोकिएको छ ।
निजी स्कुलहरूले महँगो शुल्क असुलेको गुनासो बढी रहको बेला परीक्षाको निराशाजनक नतिजाले अभिभावकहरू रुष्ट बनेका छन् ।
१७ स्कुल ३.६–४ जिपिए ल्याउन असफल
परीक्षा नतिजा तथ्याङ्क अनुसार धरान १८ को कार्मेल हाई स्कुल, धरान १५ को धरान मोडल,धरान १२ को प्रभात बोर्डिङ, धरान १५को युनाईटेड गोर्खा एकेडेमी, धरान १३ को सुनगाभा बोर्डिङ ,धरान १५को पदम मेमोरियल, धरान १० को सत्य शिशु,धरान १८ को जेम सकेण्डरी,धरान १९ को आवर होम,धरान १५ को ज्ञानोदय सेकेण्डरी बोर्डिङ,धरान ११ माउण्ट मोरिया, धरान १३ को सत्य साई,धरान १७ को एक्वा, धरान १२ को सुनाखरी, धरान ८ को विद्या भूषण, धरान१७ को ओसिस ईग्ङलीस बोर्डिङ पनि ३.६–४ जिपिए ल्याउन असफल रहेका छन् ।
६४ वटा स्कुलमा ५२६ जना फेल
तथ्याङ्क अनुसार सिद्धार्थ शिशु सदनबाट ४९ जनाले परीक्षा दिएकोमा ३८ पास ११ फेल भएका छन् । नवोदय विद्या मन्दिरबाट ४१ जनाले दिएको २१ पास २० फेल, माउण्ट मोरिया ६ जनाले दिएको मध्ये ३ पास ३ फेल, जेनिथबाट २० मध्ये १३ पास ७ फेल, चिल्ड्रेन एकेडेमीबाट ७१ मध्ये ६५ पास ६ फेल, सेन्ट जोसेफबाट २२ मध्ये १८ पास ४ फेल,सत्यसाईबाट २१ मध्ये १४ पास ७ फेल,केके ईन्टरनेशनलबाट ७८ जना मध्ये ६९ पास ९ फेल, एक्वाबाट १६ मध्ये ७ पास ९ फेल भएका छन् ।
ज्ञान कुञ्जबाट २८ मध्ये ९ पास १९ फेल, सुनाखरीबाट ३३ मध्ये ३१ पास २ फेल , बुद्ध आदर्शबाट २५ मध्ये १२ पास १३ फेल , नेपाल पुलिसबाट १८९ मध्ये १४५ पास ४४ फेल, धरान मेघाबाट २६ मध्ये ८ पास १८ फेल,च्यापियनबाट ११ मध्ये ९ पास २ फेल भएका छन् ।
सियोनबाट ६० मध्ये ५४ पास ६ फेल, सैनिक आवसियबाट १३७ मध्ये १३५ पास २ फेल, विद्याभुषणबाट १२ मध्ये ९ पास ३ फेल, ईम्मानुयलबाट ६३ मध्ये ४५ पास १८ फेल, सिर्जना ईग्ङलीस बोर्डिङबाट ५ मध्ये ४ पास १ फेल, आईडियलबाट २६ मध्ये २४ पास २ फेल भएका छन् ।
युरेकाबाट ९० मध्ये ६७ पास २३ फेल,नोबेल एकेडेमीबाट १० मध्ये ६ पास ४ फेल , ओसिसबाट ४ मध्ये १ पास ३ फेल, जोयलसाया एकेडेमीबाट १० मध्ये ७ पास ३ फेल भएका छन् ।
१० विद्यालय शत प्रतिशत पास
धरान १८ को माउण्ट हर्मनको ३२ जनामा ३२ पास, धरान १३ को लोटस ३२ मा ३२, धरान १५ को धरान मोडल २१ जनामा २१, धरान १५ कै धरान स्कुलर्सको १४ मा १४, धरान ६ उज्ज्वल ताराको १५ मा १५ पास, धरान ६ शिक्षा सन्देशको ६७ मा ६७ पसा, धरान ५ देउराली चिल्ड्रेनको २२ मा २२, धरान ५ डिपी विल्ली र्भस स्कुलको २२ मा २२ र एभरेष्ट चिल्ड्रेन एकेडेमी ३१ मा ३१ जना पास भएका छन् ।