इटहरी : राष्ट्रिय जागृती क्लबको आयोजनामा पूर्वको बहुप्रतिक्षित फुटबल प्रतियोगिता "इटहरी गोल्डकप" चैत ३० गतेदेखि सुरु हुने भएको छ ।
नयाँ वर्ष २०८३ को पुर्वसन्ध्यामा १६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप २०८२ हुन लागेको हो ।
कुल ८० लाख ५० हजार लगानीमा इटहरी रङ्गशालामा चैत्र ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने भएको छ । नेपाल र विदेशका ८ टोलीको सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउने भएका छन् । उत्कृष्ट खेलाडीले १ लाख पाउने प्रतियोगितामा सहभागी टिममा सबैभन्दा धेरै ४२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।
उद्घाटन खेलमा जस्ट जोन फुटबल क्लब नाइजेरिया र युवा समाज सुन्दरहरैँचा बिच प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, यु.के.एफ.सि दार्जिलिङ, प्लानिङ ब्वाइज, झापा ११, सातदोबाटो र आयोजक राष्ट्रिय जागृती क्लबले सहभागिता जनाउने भएका छन् ।


































































