धरान : झापाको भद्रपुर र मोरङको उर्लाबारीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका ३ आँपगाछीबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, उर्लाबारी नगरपालिका-३ बाट इलाका प्रहरी टोलीले ४३ वर्षिय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, २६ हजार ६५ पिस औषधिसहित पक्राउ गरेको छ।

उनीहरूबाट नगद २२,२७०, तीन मोबाइल र स्कुटर पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुवै घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।