धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पाचौं दिन पहिलो खेलमा पिनाकल स्कुल र दोस्रो खेलमा नेपाल पुलिस स्कुल (निलो)ले क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आईतबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङका सक्षम राज थापाको दोस्रो हाफको १९औ मिनेटमा भएको निर्णायक गोल लेनै पिनाकललाई क्वारफाईनलमा पुर्याएको हो ।
खेलको म्यान अफ द म्याच पिनाकलका निहाङ राई घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
पाचौं दिनको दोस्रो खेलमा नेपाल पुलिस स्कुल निलोले ट्राईबेकरमा डिपोट स्कुल धरानलाई ४–१ गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा नेपाल पुलिस स्कुल निलोका जोनेक्स राई, स्वर्णिम याक्खा, स्वपिनल याक्खा र उज्ज्वल घतानीले ले गोल गरेका थिए ।डिपोट स्कुलका आयन लिम्बुले गोल गरेका थिए भने जोन लिम्बु र बचन राईको गोल प्रहार विफल भएको हो ।
खेलको म्यान अफ द म्याच नेपाल पुलिस निलोका प्रतीक जङ्ग थापा घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
प्रतियोगिताको सोमबार हुने पहिलो क्वाटर फाइनल खेल अन्तर्गत पहिलो खेल नेपाल पुलिस स्कुल रेड र निधी स्कुल बिच हुने छ भने दोस्रो खेल सिद्धार्थ बोर्डिङ स्कुल र माउन्ट हर्मन धरानबिच हुने आयोजकले जनाएको छ।



































































