धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो क्वाटर फाइनलको पहिलो खेलमा नेपाल पुलिस रेड र दोस्रो खेलमा सिद्धार्थ स्कुल ट्राईबेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिस रेडले निधी सेकेण्डरी स्कुल विर्तमोडलाई २–१ ले हराउँदै सेमी फाइनलमा पुगेको हो ।
नेपाल पुलिस रेडका उज्ज्वल थापाले पहिलो हाफको २४ मिनेटमा १ गोल र दोस्रो हाफको ४५ औ मिनेटमा समीर राई १ गोल गरे । निधी स्कुल बिर्तामोडका आदर्श मेचेले पहिलो हाफको ९ मिनेटमा १ गोल फर्काए ।
खेलको म्यान अफ द म्याच नेपाल पुलिस रेडका समीर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
पहिलो क्वाटर फाइनलको दोस्रो खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा मोरङले ट्राईबेकर माउन्ट हर्मन धरानलाई ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा सिद्धार्थका स्कुलका अनिस राई,निपेश तामाङ र कमल कार्कीले गोल गरे भने जेम्स देवान र आयुष लिम्बूले गोल प्रहार विफल भएको थियो ।
माउन्ट हर्मन एकेडेमीका सुदिन तामाङ र प्रिन्स विष्टले गोल गरे भने सिकुम लावती ,राजदिप तामाङ र सुवर्ण लोहनी गोल गर्न असफल भए ।खेलको म्यान अफ द म्याच सिद्धार्थ स्कुलका गोल रक्षक आयुष लिम्बू घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
प्रतियोगिताको मङ्गलवार हुने दोस्रो क्वाटर फाइनलको पहिलो खेलमा प्रभात सेकेण्डरी स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगर बिच हुने छ भने दोस्रो खेलमा नेपाल पुलिस स्कुल धरान निलो र पिना काल ज्ञान मन्दिर कानेपोखरी मोरङ बिच हुने आयोजकले जनाएको छ।

































































