धरान : धरान नगरपालिकाका पूर्व प्रधान पञ्च, वरिष्ठ कवि बम देवान सवारी दुर्घटनामा घाइते भएका छन् ।
आज शुक्रवार बिहान धरान–२ मा गाडिले ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईका अनुसार बिहान करिब ११ बजे माछाभौडी क्षेत्रमा बाटो क्रस गर्ने क्रममा विपरीत दिशाबाट आएको इभी गाडीले देवानलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि सवारी चालक सहित गाडी नियन्त्रणमा लिइएको उनले बताए । घाइते देवानको अवस्था सामान्य रहेको र उपचार भइरहेको डिएसपी राईले जानकारी दिएका छन् ।


































































