इटहरी : इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको छ  ।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई नगद १ लाख सहित बिदाइ गरिएको हो । 

स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको देखि निरन्तर सेवारत उनीहरूलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको  मेयर पौडेलको भनाई छ ।

“राष्ट्र निर्माणका लागि स्वास्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वास्थ्य जनशक्ति निर्माणमा उहाँहरूको भूमिका प्रशंसनीय छ", मेयर पौडेलले भने । इटहरीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।