धरान : ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका-६ का २५ बर्षीय आइतराज लिम्बुलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
हिजो बेलुका साढे पाँच बजे लिम्बुले आफ्नै ७० बर्षीय बुवा बर्ख बहादुर लिम्बु र ७२ बर्षीया आमा थिपरानी लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए।
तत्काल घटनाको जानकारी पाए लगतै प्रहरी चौकी लेलेपबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आइतराज लिम्बुलाई खुकुरी सहित घरबाट नै नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।


































































