धरान : झापाको हाल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्बरको टिपरबाट गिट्टी अनलोड गर्ने क्रममा टिपरले बिद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिपर चालक हाल्दिबारी–५ का ४८ वर्षीय विक्रम तामाङ घाइते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।


































































