धरान : लियो क्लब अफ धरान बुढासुब्बाले एक दिने स्वास्थ शिविरसहित पोषणसम्बन्धी परामर्श प्रदान गरेको छ । धरान-१७ पटनालीमा सोमबार १७ नम्बर वडा कार्य साथै लियोे क्लब अफ धरान बुढासुब्बासँगको सहकार्यमा शिविर गरिएको कार्यक्रम संयोजक अभिशेख गौतमले बताए ।
शिविरमा उच्च रक्तचाप, रक्त समूह, बिएमआई, पोषण सम्बन्धी जानकारीसँगै बिरामी अनुसारको उपचारको निम्ति शारीरिक व्यायमबारे जानकारी गराइएको क्लबकी सचिव नमिता चोङबाङले जानकारी दिएकी थिइन । शिविरमा ८० जनाले स्वास्थ परिक्षण गराएका थिए ।
लायन्स क्लब अफ धरान बुढासुब्बाका संस्थापक अध्यक्ष साथै लायन्स डिष्ट्रिक्ट कल्व एडभाईजर लायन विपिन सुब्बा , लायन्स जोन चियरपर्सन कविता लिम्बू, लायन्स क्लब अफ धरान बुढासुब्बाका अध्यक्ष मानभगत चाम्लिङ लायन्स क्लब अफ धरान बुढासुब्बाका सचिव देवानन्द झा ,लायन्स क्लब अफ धरान पिण्डेश्वरका सदस्य नारायण कटवाल ,वडा नम्बर १७ का सदस्य ,लियोका सदस्य लगायतको उपस्थिति रहेको थियो ।


































































