धरान : पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा २७३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ सङ्क्रमितमा पुरुष २ सय ४७ र महिला ३६ जना गरी जम्मा २ सय ७३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थपिएको नयाँ कोरोना सङ्क्रमित सँगै नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
शनिवार सम्ममा कोरोना सङ्क्रमित देशका ७२ जिल्लामा भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको पनि मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिएका छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































