धरान : २४ घण्टाको अवधिमा ४४८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार नयाँ ४ सय २४ जना पुरुष, २४ जना महिला गरी जम्मा ४ सय ४८ जना सङ्क्रमित थपिएका हुन् ।
नयाँ थपिएका कोरोना सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































