धरान : देशका विभिन्न जिल्लामा बुधबार २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित गरेको प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । देशभरका विभिन्न जिल्लाका गरी पुरुष २ सय ५७ र महिला २२ जना गरी २ सय ७९ जना नयाँ कोरोना सङ्क्रमित थप भएका हुन् । 
यो सँगै देशभरको कुल सङ्क्रमितको सङ्ख्या ४३६४ पुगेको छ ।
अहिले सम्म १५ जनाको मृत्यु भएको छ भने ६ सय ७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































