धरान : सुनसरीमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले दिएको जानकारी अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको वडानं. ८ मा रहेको जामिया जियाउल उलुङ क्वारेनटाइनमा बसेका ७ जनामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा भोक्राहा नरसिंह ४ का ४ जना पुरुष, ५ नम्बर वडा बस्ने १ जना पुरुष, ८ का १ जना पुरुष, २ का १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले पुष्टि गरेका छन् ।
उनीहरू ७ जनानै १० दिन अघि भारतको गुजरातबाट आएको बताइएको छ । यो सँगै सुनसरी जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































