धरान : साहसिक खेल जिपलाइन धरानमा व्यवसायिक रुपमा शनिबार देखि सुरु भएको छ ।
धरान-४ भेडेटारबाट देवीथानसम्मको ६ सय ५० मिटरको जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच गरेका छन् ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं. १ का मुख्य मन्त्री सेरधन राईले एक नम्वर प्रदेश सरकारको साहसिक खेलमा पर्यटन प्रर्वद्धन गर्ने लक्ष्यलाई निजि कम्पनीहरुले पुरा गरिदिएको बताएका छन् ।
साहसिक खेलको माध्यमबाट प्रदेश सरकारले पर्यटन प्रर्वद्धन गर्ने उदेश्य लिएर अघि बढीरहेको बेलामा निजि कम्पनीहरुले धमाधम सहासिक खेलको क्षेत्रमा लगानी गरी अघि बढेकोले यसले सरकारको लक्षमा साथ दिएको मुख्यमन्त्री राईले बताए । उनले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा प्रदेशमै नयाँ साहासिक पर्यटन भित्रिएको भन्दै खुसी पनि व्यक्त गरे ।
धरानको जिपलाईन वर्ल्ड वाइड ग्रुप नेपाल प्रा. लि. धरान-४ ले सञ्चालनमा ल्याएको हो । धरानमा केदार बहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतको लगानीमा जिपलाईन सुरु गरिएको हो ।
३ करोड लगानीमा सुरु भएको यो जिपलाइन भेडेटारदेखि देवीथानसम्मको ६ सय ५० मिटर दुरी ३० देखि ४५ सेकेण्डमा पुरा हने बताईएको छ ।
जिपलाईनमा कम्तीमा १० बर्षदेखि माथिकाले जिपलाइन गर्न सक्ने बताईएको छ । धरानको जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकारको हुनेछ । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयासम्म लाग्नेछ ।


































































