चितवन: चर्चित टेलिभिजन कार्यक्रम 'सिधा कुरा जनतासंग'का पत्रकार शालिकराम पुडाशैनी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
पुडाशैनीको शव चितवनको भरतपुर महानगरपालिका १ मा रहेको पोखरा बसपार्क नजिकैको कंगारु होटलमा भुण्डिएको अवस्थामा फेला परेका चितवन जिल्ला प्रहरीले जनाएको छ । उनको आत्महत्या हो वा अरु कसैले हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

हाल परिवारलाई सम्पर्क गरेर घटनास्थलमा आउन आग्रह गरिएको चितवन प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । पुडाशैनी न्यूज २४ टेलिभिजनको कार्यक्रममा रवि लामिछानेका सहकर्मी थिए ।पछिल्लो समय उनी माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनको घर नुवाकोट हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिर क्याप्सन : रवि लामिछानेसँग पुडाशैनी




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































