धरान: आरती स्ट्रिप्स धरान १० के रन सातौ नेवा च्यारटीमा खुला स्पर्धातर्फ बाग्लुङका तीर्थ पुन चौथो पटक विजेता भएका छन् ।
धरानमा आज बिहान सम्पन्न दौड प्रतियोगितामा निर्धारत दुरी ३१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका हुन् । भारतीय सेना कार्यरत उनले नेवा च्यारिटी दौड निरन्तर जितेको यो चौथो पटक हो । यसैगरि, पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेण्डमा पार गर्दै दोस्रो भए भने नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो भए ।
यसैगरि, महिला खुला स्पर्धातर्पm एपिएफकी कान्छीमाया कोजु विजेता भइन् । उनले निर्धारित १० किलोमिटरको दुरी ३७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । यस्तै, ३८ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो र ३८.४७ मिनेटमा एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । खुला पुरुष र महिलातर्फका विजेताहरु प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुले क्रमशः ४० हजार, ३० हजार र २० हजार,ट्रफी र प्रमाणपत्र हात पारे ।

यसैगरि, १६ बर्ष मुनिका उमेरतर्फ पुरुषतर्फ जुम्ला नरेश बुढा प्रथम, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरान किरण लिम्बू तेस्रो भए । यस्तै, महिलातर्फ दमक रनकी मनिषा राई, चन्द्रकला भुजेल र संगीता तामाङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भइन् । यस्तै, १२ बर्ष मुनिका उमेरमा पुरुषतर्फ रोदन राई, अनिष खड्का र अशोक तामाङ प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ स्मृति राई, लक्ष्मी भुजेल र प्रकृति भुजेल क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
यस्तै, भेट्रान(४० देखि ६० बर्ष) पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र मंगल राई प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ रितादेवी राई, भिममाया राई र गंगा गुरुङ प्रथम, दोस्रो र तेस्रो भइन् । दौडमा १६ बर्ष मुनि, १२ बर्ष मुनि र भेट्रानका विजेताहरु प्रथ्म, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।

यस्तै, सुपर भेट्रानतर्फ ६४ बर्ष इन्द्रबहादुर लिम्बूलाई पुरस्कृत गरिएको थियो । आयोजक धरान रनले उदयीमान खेलाडीकोरुपमा धरानका इन्द्रकला नेम्बाङ निक्की र १३ बर्षीय किरण लिम्बूलाई सम्मान गरेको थियो भने रनर अफ दि इयरकोरुपमा धरान रनमा नियमित दौडने ६२ बर्षीय दौलबहादुर राईलाई पनि सम्मान गरिएको थियो ।
धरान १० के रन आयोजकले नेपालका ओलम्पियन पुर्वएथलेटिक्स खेलाडी तथा प्रशिक्षक मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरेको छ । दौडको पुरस्कार वितरण समारोहमा उनले एथलेटिक्स खेलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडी, सम्मानित व्यक्तित्वहरुलाई आयोजक धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, बिशिष्ट अतिथि एवं नेपाल एयरलान्यसका क्याप्टेन, अभिनेता विजय लामालगायतले पुरस्कार वितरण गरेका थिए ।
 




        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































