धरान: आज शिवरात्री पर्वमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो छ । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको पुजाअर्चना गरी शिवरात्री मनाइदैछ ।
धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनहरुको घुँइचो छ । संयोगले आज सोमबार पनि परेको छ । सोमबार शिवको प्रियबार पनि मानिन्छ । शिवरात्रीकै अवसरमा ११ दिनदेखि आयोजना भइरहेको शिव महापुराणको पनि आज समापन गरिदैछ । शिवरात्रीको अवसरमा पिण्डेश्वर बाबाधाम समितिले आज हलुवा र मालपुवा प्रसादकोरुपमा भक्तजनहरुलाई निःशुल्क वितरण गरिरहेको छ ।

मन्दिर परिसरमा आज ब्रतबन्ध गर्नेदेखि विवाह कार्य पनि भइरहेको छ । साधुहरु पनि धुनी जगाएर बसेका छन् । बाबाधाम समितिका उपाध्यक्ष राजेन लिम्बूका अनुसार आज करिब १० हजार भक्तजनहरुले पिण्डेश्वरमा पुजाअर्जना गर्ने अनुमान गरिएको छ । ‘छिमेकी मुलुकबाट पनि आज पिण्डेश्वरमा दर्शनको लागि भक्तजनहरु आइरहनु भएको छ,’उनले भने ।
 
 
 
 
 
 
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































