धरान : लिम्बु समुदायका सिरेङ चङबाङहरुको दोस्रो राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलन धरानमा शुक्रबार देखि शुरु भएको छ ।
दुई दिन सम्म चल्ने सम्मेलनको प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा. गोबिन्द सुब्बाले उदघाटन गरेका छन् । देश तथा विदेशमा बसोबास गरिरहेका सेरेङ चङबाङहरुको भाषा, लिपी, संस्कृति तथा वंशावली तयार आयोजना भएको सम्मेलन १५ वर्ष पछि दोस्रो पटक अयाोजना गरिएको हो । कार्यक्रमको उदघाटनका अवसरमा प्रदेश प्रमुख सुब्बाले शुभकामना व्यक्त गर्नुभयो । उनले आफ्नो संस्कार, संस्कृति जगेर्ना गर्न शुरु भएको अभियानले सिङगो लिम्बुहरुको परम्परा र संस्कृति जोगाउन महत्वपुर्ण हुने बताए ।
कार्यक्रमको अवसरमा सिरेङ चङबाङ बाट समाजमा महत्वपुर्ण योगदान पुर्याएका २२ जनालाई सम्मान गरेको छ । सम्मानित हुने हरुमा रणध्वोज सिरेङ, कृष्ण सिरेङ, होम कुमारी सिरेङ, बिनोद सिरेङ, ९८ वर्षिय ज्येष्ठ चेलि रङमती सिरेङ, तारामान सिरेङ, डिक बहादुर सिरेङ, खगेन्द्र सिरेङ, विजय सिरेङ, सुजु सिरेङ, गणेश बहादुर सिरेङ, सन्तोष सिरेङ, दिल प्रसाद सिरेङ, सुर्यमान सिरेङ, बुद्धराज सिरेङ, भक्तशेर सिरेङ, कर्ण बहादुर सिरेङ, कलावती सिरेङ, मनिषा सिरेङ, भिमराज सिरेङ, दिपक सिरेङ र द्रौपदी सिरेङ रहेका छन् ।
वंशावली प्रकाशन समितीको सुनसरी जिल्लाका कार्यवाहक अध्यक्ष भिमराज सिरेङको सभापतित्वमा भएको दोस्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा देश भरिका र विदेशमा रहेका वंशजहरु करिब ३ सय जनाको उपस्थिती रहेको छ । जातीगत भेषभुषामा सिरेङ वंशका महिला पुरुषहरुले धरान परिक्रमा गरि धरान १५ स्थित याक्थुङ चुम्लुङ परिषरमा सम्मेलनमा परिणत भएको थियो ।
संस्थाका महासचिव सुर्यमान सिरेङका अनुसार शनिबार हुने बन्दसत्रमा सिरेङ चङबङ लिम्बुहरुको थरगत साझा संस्कार, संस्कृति, भाषा लिपी, भेषभुषा, पुरातात्विक महत्वका स्थानहरुको संरक्षण, संम्बद्र्धन र विकाशको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अन्तराष्ट्रिय घोषणा पत्र तयार गर्ने भएको छ । पहिलो सम्मेलनबाट तयार भएको पहिलो वंशावलीलाई संशोधन गर्दै दोस्रो वंशावली प्रकाशनका लागि पनि सम्मेलनले कार्यक्रम तय गरिने उनले बताए ।


































































