वराहक्षेत्र : नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ सालको स्थानित तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगायत ३ वर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ ।
नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका,नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वटा स्थानीय तह मध्य पाचौ स्थानमा रहेको छ। ९० .५० अङ्क प्राप्त गर्दै इलामको सुर्यदय नगरपालिका कोशी प्रदेशको प्रथम ,९० अङ्क प्राप्त गर्दै इलामको इलाम नगरपालिका दोस्रो ,८७.२५ अङ्क प्राप्त गर्दै विराटनगर महानगरपालिका प्रदेशको तेस्रो , ८६.५० अङ्क प्राप्त गर्दै खोटाङको हलेसी तुवाचुङग नगरपालिका चौथौँ, ८६ अङ्क प्राप्त गर्दै झापाको कन्काई नगरपालिका प्रदेशको चौथौँ उत्कृष्ट पालिका बनेको हो ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने सशर्त र नि:शर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिकाले १०० पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गर्दै सुनसरीको पहिलो र कोशी प्रदेशको उत्कृष्ट अंङ ल्याउने पालिका मध्य पाचौ स्थानमा रहेको छ ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनसरीको भोक्राह गाउँपालिकाले ८०.५० अङ्क प्राप्त गरेको छ । दुहबी नगरपालिकाले ८०.२५ अङ्क , इटहरी उपमहानगरपालिकाले ८० अङ्क , धरान उपमहानगरपालिकाले ७७. ५० अङ्क ,हरि नगरा गाउँपालिकाले ७३ अंङक इनरुवा नगरपालिकाले ७१.२५ अङ्क , गढी गाउँपालिकाले ७१ अङ्क त्यस्तै बर्जू गाउँपालिकाले ६८.५० अङ्क ,कोशी गाउँपालिकाले ६४ अङ्क , देवानञ्ज गाउँपालिकाले ५६ अंङक र राम धुनी नगरपालिकाले ५३ .५० अङ्क प्राप्त गरेको छ ।
लगातार ३ वर्षदेखि सुनसरीको उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गरेको वराहक्षेत्र नगरपालिकाले यस वर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो । मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा वराहक्षेत्र नगरपालिकाले आफ्नो कार्यसम्पादनमा उत्कृष्ट नम्बर प्राप्त गरेको हो ।