धरान : सगरमाथा बेस क्याम्प जान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ सनासाको होटेलमा बसेकी एक इण्डोनेसियन महिलाको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मृतक विदेशी महिलाको नाम मिरिस्टारिटा सिनागा भएको उनको पासपोर्टमा उल्लेख छ । उनको पासपोर्ट नम्बर एक्स२७४४६०० रहेको प्रहरीले जनाएको छ ।

महिला सगरमाथा बेस क्याम्प जाने क्रममा वैशाख १५ गते शनिवार होटेलमा आई बसेकी थिइन् । सोमवार बिहान होटेलमा अचेत अवस्थामा फेला पारिएको थियो ।

घटनाबारे जानकारी पाएपछि तत्काल होटेल पुगेको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे पुराएका थिए ।

उनको उपचारको क्रममा सोमवार दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।