इटहरी : मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।

नेपाली काँग्रेसका उम्मेदवार डाक्टर शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गर्दै रुबिना विजयी भएकी हुन् ।

रुबिनाले ५५ हजार ५१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी डाक्टर  शेखरले १२ हजार ८५० मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत पाए ।