धरान : सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले २१७१ को मतान्तरले अग्रता लिएका छन् ।

साम्पाङले १००९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवारकी उम्मेदवार गोमा तामाङ सरिनले ७९२७ मत ल्याएकी छिन । तेस्रो स्थानमा ताराका मनोज भट्टराईले १७८९, काँग्रेसका सुजेन्द्र गोलेले १३०५, एमालेका टीकाराम लिम्बूले १६३७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडा १ देखि १० सम्मको २४,९८६ मतगणना गर्दा २३,७७० मत सदर भएको छ भने १,२१६ मत बदर भएको छ । धरान उपमहानगरपालिकाको १ देखि १० नम्बर वडाको मतगणना सकिएको छ ।