धरान : सुनसरी–१ मा रास्वपाका उम्मेदवारले सुरुवाती अग्रता बनाएकी छिन ।
रास्वपाकी गोमा तामाङ सरिनले १०१५ मत पाएका छन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ३०३ मत प्राप्त गर्दै शरिनलाई पछ्याइरहेका छन् ।
काँग्रेसका सुजेन्द्र गोलेले २३३, राप्रपाका उद्धव श्रेष्ठले १६२,नेकपाका मनोज भट्टराईले ९२ र एमालेका टीकाराम लिम्बूले ६१मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाको वडा १ को १९६१ मत गणना गर्दा १८८० मत सदर भएको छ भने ८१ मत बदर भएको छ ।
धरान उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना सकिएको छ ।




























































