धरान : सुनसरी–१ मा रास्वपाका उम्मेदवारले सुरुवाती अग्रता बनाएकी छिन ।

रास्वपाकी गोमा तामाङ सरिनले ४६१मत पाएका छन् ।  श्रम संस्कृति पार्टीका हर्क साम्पाङले १५४ मत प्राप्त गर्दै शरिनलाई पछ्याइरहेका छन् ।

काँग्रेसका सुजेन्द्र गोलेले १०७, राप्रपाका उद्धव श्रेष्ठले ३ ९५,नेकपाका मनोज भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाको वडा १ को ९२४ मत गणना गर्दा ८८७ मत सदर भएको छ भने ३७ मत बदर भएको हो ।