धरान : झापाको झापा गाउँपालिका-५ मा भारतीय सीमाबाट नेपाल आउँदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमलाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार शनिवार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी गस्ती टोलीले आलमको साथबाट १६ ग्राम ब्राउनसुगर र नगद ११ हजार रुपैयाँ बरामद भएको छ ।

भारतीय सिमाक्षेत्रबाट नेपाल आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकलमा शङ्का लागी चेक जाँच गर्दा उक्त परिमाणको ब्राउनसुगर फेला परेको हो । आलमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।