इटहरी : नेपाल खेलकुद महासङ्घ कोसी प्रदेश कमिटीको छैठौ विस्तारित बैठकले सुनसरी संयोजकमा बिकल पौडेललाई चयन गरेको छ।

केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्ययतामा सम्पन्न कोसी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

रमेश बाबु थापा सहसंयोजक रहेको महासङ्घको जिल्ला समितिले चाडै पूर्णता संयोजक पौडेलले बताए । नेकपा एमाले सम्बद्ध महासङ्घले युवाहरू माझ लोकप्रिय खेलकुद प्रतियोगितालाई जोड दिने उनको भनाइ छ ।