धरान : धरान-५ याक्थुम चोकमा हिजो राती १० बजेको समयमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

प्रत्यक्षदर्शी स्थानीयहरू अनुसार रातीको समयमा एकासी आगोको मुस्लो देखिएको थियो ।

आगलागीमा ताम्राङ्ग बाजेको घर जलेर नष्ट भएको छ । मानवीय क्षति भएको छैन ।

घरमा २ जना बुढाबुढी र २ जना केटाकेटीहरू सहित ४ जना बस्थे । कच्ची घर किचनको रूपमा प्रयोग हुन्थ्यो ।

उनीहरू खाना खाएर अर्को घरमा सुती रहेको बेलामा आगलागी भएको पीडित परिवारले बताएको छ ।

आगलागी धरान उपमहानगरपालिकाको २ वटा दमकलले नियन्त्रणमा लिएको बताइएको छ ।

tamrang bajey ghar aaglagi 2