विराटनगर : कवि उदयानन्द अज्र्यालको विषयमा खोज अनुसन्धान गरे बापत सप्तरीका लेखक, पत्रकार अजय कुमार झालाई ज्येष्ठ नागरिक जिल्ला सङ्घ मोरङले नगद २५ हजार रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।

सोमबार एक कार्यक्रम बिच झालाई विराटनगरका मेयर नागेश कोइरालाबाट उदयानन्द-मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट सम्मानित गरिएको हो ।

उनले उदयानन्द अज्र्यालले भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा पुराएको योगदानको कदर नभएको उल्लेख गर्दै उदयानन्दलाई सीमित घेराभित्र राख्न नहुने बताए ।

ज्येष्ठ नागरिक अध्यक्ष योगेश्वर निरौलाको सभापतित्वमा भएको कार्यक्रममा वडा ११ का अध्यक्ष तीर्थचन्द्र न्यौपाने, ज्येष्ठ नागरिक कोसी अध्यक्ष मणिकुमार अज्र्याल, विराटनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, मधु पोखरेल, जगतप्रसाद अज्र्याल, अर्जुन भट्टराई लगायतले शुभकामना प्रकट गरे ।