धरान : धरान वडा-१७ को डाँफे टोल मार्ग, चतरा मार्गका स्थानीय समुदायले आफ्नो गाउँ, टोल आफै सफा राखौँ अभियान सुरु गरेका छन् ।

अभियान सुरु गर्दै शुक्रवार स्वयंसेवक दिवस मनाउँदै डाँफे टोल मार्ग र चतरा मार्गको सरसफाइ गरी चौक-चौकमा फोहोर सङ्कलनका लागि डस्टवीन राखेको छन् ।

आफ्नो टोल र गाउँ सधैँ सुन्दर, सफा र वातावरण स्वच्छ बनाउन अभियान थालिएको तल्लो फोक्लेन टोल विकास संस्थाका सल्लाहकार विवेक राईले बताए ।

अभियान जीवन विकास लघु वित्त संस्था धरान, थ्री जिरो क्लबको आयोजना र तल्लो फोक्लेन टोल विकास संस्थाले सुरु गरेको हो ।कार्यक्रममा लघु वित्तका प्रमुख शान्ति भण्डारी थिइन् । एमाले जिल्ला सदस्य दिनेश चाम्लिङ राई, टोल विकासका अध्यक्ष अर्जुन विश्वकर्मा, नव जागरण महिला समूहकी इशु राई, विवेक राई लगायत उपस्थित थिए । सञ्चालन तायामा राईले र अध्यक्षता नवराज राईले गरेका थिए ।