धरान : लेटाङ वडा ९ का दुई युवा रोशन दर्जी र सुदन परियारलाई विराटनगरमा भारतबाट नेपाल तर्फ ब्राउनसुगर लिएर आउँदै गरेको बेला बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार विराटनगर-१५ नेपाल-भारत सिमानामा भारतबाट नेपाल पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा ७ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

दुवैलाई एक नम्बर ढाटमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरीको टोलीले चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।