धरान : नेत्रहीन सङ्घ सुनसरीको शुक्रवार भएको अधिवेशनले इन्द्रकुमार लिम्बु अध्यक्ष सहित ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष राधा चौधरी, सचिव उमेश परियार, कोषाध्यक्ष पदम ठट्टाल, सहसचिव सञ्जु पण्डित रहेका छन् । सदस्यहरू काशीराम राई, शातामाया लिम्बू, कोटमा योञ्जन र सङ्गीता राई रहेका छन् ।

कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थज्यूको प्रमुख आतिथ्यमा सङ्घको १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन भएको हो । उक्त अवसरमा उनले नेत्रहीन सङ्घ दृष्टि विहीन व्यक्तिहरूको हक, अधिकार र सम्मानित जीवन यापनको लागि स्थापना भएको बताउँदै नवनिर्वाचित कार्यसमिति उद्देश्य अनुसार कार्य गर्ने विश्वास व्यक्त गरिन् ।

सङ्घका केन्द्रीय सचिव कलाधर भण्डारी, ज्ञिनचक्षु विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारी सहितको उपस्थितिमा भएको सभामा सुनसरीका सहसचिव उमेश परियारले सञ्चालन गरेका थिए ।

नेपालमा २०४९ मा नेपाल नेत्रहीन सङ्घको स्थापना भएको हो र २०५२ मा पूर्वाञ्चल क्षेत्रीय शाखा गठन भएपछि २०६४ मा जिल्ला शाखाहरू स्थापना भएको हो ।

जिल्ला समितिमा जिल्लामा रहेका दृष्टि विहीन अपाङ्गताहरूको अधिकार समावेशी समाज, समानुपातिक प्रविधित्वका लागि क्रियाशील रहँदै आएको छ ।

Sunsari Netrahin Sangh 2