धरान : मकवानपुर जिल्ला कैलाश गाउँपालिका-४ का २७ वर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का ५६ वर्षीय शम्भु राजवंशी ६ किलोग्राम ६२० ग्राम गाँजा सहित झापाको मेचीनगर-१० मा पक्राउ परेका छन् ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई हिजो दिउँसो अढाई २ बजे इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी मोरङ उर्लाबारीकी ४५ वर्षीय विमला भुसाल र १७ वर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड ५८० क्यापसुल सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई उर्लाबारी-२ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूका बोरमा थप अनुसन्धान भइरहेको छ ।