झापा : झापाको शिवसताक्षी-११ मा हात्तीले कुल्चेर ६० वर्षीय श्रीमती पवित्रा भेटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही हात्तीले कुल्चेर लछार पछार गर्दा श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

हिजो बुधवार बेलुका ६ बजे रतुवामाई वृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पवित्रा र उनका श्रीमान् दिलीपलाई हात्तीले आक्रमण गरेको हो ।

गम्भीर घाइते दिलीप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटना बारे इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।