इटहरी : इटहरीमा साँढे गोरुको मृत्युपछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ ।

केही समय अगाडि इटहरी-१२ खनारमा दुर्घटनामा घाइते भएर मृत्यु भएको गोरुको दाहसंस्कार गरिएको हो । एक महिना अघि दुहबीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर उक्त साँढे गोरुलाई घाइते बनाएको थियो ।

सो घाइते साँढे गोरुको उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए। खनारका स्थानिय बासिन्दा र जनप्रतिनिधिले मिलेर साँढेको रेखदेख गर्दै आएका थिए ।

गाडीको ठक्करबाट कम्मर भाँचिएको साँढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साँढेको मृत्यु भएको हो।

मृत साँढेलाई खनार स्थित बुढी खोलामा खाल्टो खनेर पुरिएको छ। हिन्दु धर्मको मृत्यु संस्कार अनुसार अन्त्येष्टि गरिएको साँढेको मलामीमा स्थानिय बासिन्दा र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

मृत्यु भएको मानव मात्र हैन हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको शवको सम्मान होस भनेर यस्तो गरेको इटहरी-१२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेले बताए ।

Goru dahasanskari